काठमाडौँ । तीन बुँदे सहमतिपछि कपनमा डोजर चलेको छ । शुक्रबार डोजर चलाउने विषयमा सरोकारवाला निकायबीच तीन बुँदे सहमति भएको हो । सहमतिसँग काठमाडौँ महानगरपालिकाले कपनमा डोजर चलाएको छ ।
सो क्रममा काठमाडौँ महानगरपालिका वडा ६ र ७ का वडा अध्यक्ष र बूढानीलकण्ड नगरपालिका १० र १२ का वडा अध्यक्षबीच धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ ।
उक्त सहमतिपछि कपनमा डोजर चलेको हो ।
प्रतिक्रिया