भरुवा बन्दुक पड्किएर अर्घाखाँचीमा एक जनाको मृत्यु
शुक्रबार, २६ साउन २०८०, १८ : २६

बुटवल । अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । आफैले बोकेको भरुवा बन्दुक पड्किएर जिल्लाको भूमिका स्थान नगरपालिका–७ का ४५ वर्षीय पदम केसीको मृत्यु भएको हो ।
बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।
भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।