पोखराको सडकका शालिकहरू एक महिनाभित्र व्यवस्थापन गरिने

पोखरा । पोखरा महानगरपालिकाभित्र सडकमा रहेका सबै शालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रबार मेयर धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सडकमा रहेका शालिकहरू एक महिनाभित्र स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयमा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै शालिकहरूको सम्बन्धमा महानगरमा क्रियाशील राजनीतिक दलहरू, सरकारी निकाय तथा सरोकारवाला संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी एक महिनाभित्र स्थानान्तरण तथा व्यवस्थापन गर्ने निर्णय गरियो ।’
साथै बैठकले साबिकको पृथ्वीचोक हालको लखनचोकमा नेपालमा प्रथम सहिद लखन थापाको अगाडि राखिएको पृथ्वीनारायण शाहको तस्बिरलाई हटाई पोखरा महानगरपालिकामा सुरक्षित साथ राख्ने निर्णय समेत गरेको छ । पोखरा महानगरपालिकाले पोखरामा चोकहरूमा रहेका शालिकहरूको व्यवस्थापन पोखरा १८ स्थित विभूति पार्कमा गर्दै आएको छ ।
पोखराका चोकहरूमा रहेका शालिकहरूको स–सम्मान व्यवस्थापन गर्ने सम्बन्धमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राष्ट्रिय विभूतिहरूको शालिक सडकमा राख्नुभन्दा पनि व्यवस्थित ढङ्गले महानगरले व्यवस्था गरेको स्थानमा राख्नु नै उपयुक्त हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्जमा सामाजिक सद्भाव कायम गर्न सरकार गम्भीर बन्नुपर्छ: साह
-
सरकारको कार्यशैलीमा विश्वप्रकाशको ७ बुँदे असहमति
-
सिटामोल र जीवनजलको उत्पादन रोकियो
-
महाधिवेशनबारे औपचारिक निर्णय गर्न रास्वपाले बोलायो बैठक
-
अफगानिस्तानले बनायो हालसम्मकै विशाल स्कोर, यूएईसामु ३६० रनको लक्ष्य
-
आन्दोलनमय राजधानी: अस्तव्यस्त सडक, मारमा जनता