कर्णालीमा कांग्रेसको आन्तरिक विशेष अभियान : नेताहरु जिल्ला केन्द्रीत
सुर्खेत । कर्णाली प्रदेशमा नेपाली कांग्रेसले आन्तरिक विशेष अभियान चलाएको छ । साउन २० देखि सुरु भएको अभियान ३० गते सम्पन्न हुने जनाइएको छ । १० दिने उक्त अभियान अन्तर्गत यतिबेला कांग्रेसका नेताहरु जिल्ला–जिल्लामा केन्द्रित भएका छन् ।
पार्टीका केन्द्रीय प्रतिनिधि र कर्णाली प्रदेश प्रतिनिधि हरेक जिल्लामा पार्टी केन्द्रको निर्देशन बमोजिम जिल्ला कार्यसमितिका बैठक, प्रतिनिधि सभा कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, नगर÷गाउँ कार्यसमिति, वडा समितिसम्म पुगेर पार्टीको गतिविधि बुझ्ने काम भइरहेको कांग्रेस कर्णाली प्रदेशका प्रवक्ता दमन शाहीले जानकारी दिए ।
विभिन्न कार्य समितिका बैठक बस्ने, संगठनलाई चुस्त, दुरुस्त राख्ने, अभिलेख तयार गर्ने र कांग्रेसका जनप्रतिनिधिलाई नागरिकको पक्षमा काम गर्न अभिप्रेरित गर्ने जस्ता छलफलहरु भइरहेको उनले बताए ।
अभियानलाई प्रभावकारी बनाउनका लागि पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई क्रियाशील बनाउने, सम्मेलन सम्पन्न नभएका जिल्लामा सम्मेलन छिटो गर्न निर्देशन दिँदै पार्टीभित्र एक ढिक्का भएर सबै कार्यकर्ता अघि बढ्नु नै अभियानको मुख्य उद्देश्य रहेको पनि शाहीले बताए ।
उनले कर्णालीमा अभियान प्रभावकारी रुपमा चलेको बताए । कांग्रेस केन्द्रीय प्रतिनिधि एवं कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाही सल्यानमा खटिएका छन् । शाही सल्यानमा पुगेर विभिन्न कार्यक्रमहरु गरिरहेका छन् ।
शाहीले सल्यानका पालिकामा पुगेर कार्यकर्ताका बीचमा अन्तरक्रिया गर्दै गुनासो सुन्दै पार्टीको धारणा र कांग्रेस सरकारले गरेका राम्रा कार्यको प्रचार प्रसार गरिरहेका छन् । उनले कांग्रेसका कार्यकर्तालाई भ्रष्टाचार, महिला हिंसा विरुद्ध खुलेर लाग्न निर्देशनसमेत दिए ।
दैलेखमा केन्द्रीय प्रतिनिधि मान बहादुर नेपाली, जुम्लामा महेन्द्र शर्मा, हुम्ला आनन्द बिस्ट, मुगुमा दिनबन्धु श्रेष्ठ, डोल्पामा हस्त मल्ल, कालिकोटमा किरन गिरी खटिएका छन् । उनीहरु जिल्लामा पुगेर कांग्रेसका गतिविधिमा भाग लिइरहेका छन् ।
यस्तै सुर्खेत जिल्लामा देबेन्द्रराज कँडेल, रुकुम पश्चिममा कर्ण बुढा खटिएका छन् । जाजरकोटमा पनि केन्द्रीय प्रतिनिधि पुगेर पार्टीको अभियानलाई अघि बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई