वडाअध्यक्षलाई विद्यालय ब्यवस्थापनको नेतृत्व दिनेप्रति महासंघको आपत्ति
शुक्रबार, २६ साउन २०८०, १६ : २६
काठमाडौँ । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० मा प्रस्तावित विषयप्रति सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले आपत्ति जनाएको छ। मस्यौदामा समेटिएको वडाअध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको नेतृत्व दिने विषयमा महासंघले आपत्ति जनाएको हो।
उनीहरूले मस्यौदामा विभिन्न विषय संशोधन गर्न समेत माग गरेका छन्। महासंघका अध्यक्ष गुणराज मोक्तानले २८ हजार सामुदायिक विद्यालयको नेतृत्व वडाअधक्ष्यहरूको हातमा दिनु नहुने बताए।
महासंघले ५ बुँदे माग अघि सारेको छ। जसमा समुदायको स्वामित्व र अगुवाइमा सञ्चालन हुने विद्यालय सामुदायिक विद्यालय हो संघिय शिक्षा ऐनमा सामुदायिक विद्यालय लेखिनुपर्ने, विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा अभिभावक हुनुपर्छ र अभिभावक भेलामार्फत विद्यालय व्यवस्थापन समिति गठनको प्रबन्ध राखिनुपर्ने माग अघि सारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला