गौर हत्याकाण्डबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न जसपाको माग

काठमाडौँ । जनता समाजवादी पार्टीले गौर हत्याकाण्ड र मधेश आन्दोलन लगायतबारे सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गरी सो पार्टीले यस्तो माग गरेको हो ।
साथै सो पार्टीले पछिल्लो पटक सरकार र गौर हत्याकाण्डका पीडितहरु बीच भएको सम्झौताप्रति आपत्ति जनाउँदै रहस्यमय भनेको छ ।
जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठिन उच्चस्तरीय न्यायायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।
पत्रकार सम्मेलनमा जसपाका नेता मनिष सुमनले तत्कालीन माओवादी नेता प्रभु साहसहितको हठका कारण गौर हत्याकाण्ड भएको दाबी गरे ।
२०६३ सालमा गौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको मृत्यु् भएको थियो । सोही घटनाका पीडकहरुलाई कारबाहीको माग गर्दे पीडितहरुले आन्दोलन गरेपछि केहीदिन अघि सरकार र पीडितहरुबीच दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर