काठमाडौँ । फिल्म ‘निरमाया’ को गीत ‘रगत सबको रातो हुन्छ’ सार्वजनिक भएको छ । गीतमा थानेश्वर गौतमको स्वर, पूर्णिका कोइरालाको शब्द र कमल अधिकारीको संगीत छ ।
मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्मले ‘परिवर्तन आफैँबाट सुरु गरौँ, समाज स्वतः बदलिनेछ’ भन्ने मूल कथा बोकेको छ । छुवाछुतको मुद्दा समेत उठाएको फिल्म अनन्त प्रसाद तिमल्सिनाले निर्माण गरेका हुन् ।
रमेश कोइरालाको निर्देशन, महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि, गोपाल ढकाल, रामबाबु रेग्मी, अनीता केसी लगायतका कलाकारको अभिनय छ ।
रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको फिल्म रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेका हुन् । उत्तर राना मगर र तारा थापा किम्भेको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, अशोक खड्काको द्वन्द्व, कमल अधिकारी,रिमेश कुमारको संगीत फिल्ममा छ । फिल्म सिन्धुली, काभ्रे र रामेछाप आसपासका स्थानमा छायांकन भएको हो ।
प्रतिक्रिया