५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित राजधानीबाट ९ जना पक्राउ

काठमाडौँ । ५२ लाख भन्दा बढी नेपाली नक्कली नोटसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गरेर नक्कली नोट कारोबारीलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकका सुशील कार्की, शिव भण्डारी, अर्जुन सुवेदी, मिलन भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेका छन् । उनीहरुको साथबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सुरुमा बिहीबार राजधानीको थानकोटबाट पर्यटक गाडीमा पठाइएको नक्कली ३६ लाख रुपैयाँ बरामद भएको थियो । त्यसपछि खोजतलासका क्रममा थप रकम र कारोबारलाई प्रहरीले नियन्त्रधणमा लिएको हो ।
कारोबारीहरुले भक्तपुरको चाँगुनारायणमा कारखाना नै सञ्चालन गरेर नक्कली नोट उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेस्तोल देखाएर काठमाडौँमा लागुऔषध कारोबारीसँग असुलीधन्दा
-
बागमती सरकारले लेखापरीक्षण र साधारणसभा नगर्ने सहकारीको जोखिम नियन्त्रण गर्ने
-
दुई तिहाइको सरकारको नालायकीका कारण निरङ्कुशतन्त्रे टाउको उठाउन खोज्यो : वर्षमान पुन
-
पहिलो पटक गैरसरकारी विधेयक दर्ता
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण कहिले हुन्छ सार्वजनिक ?
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त