चखुञ्चा खोला खोल्न माग गर्दै कपनमा प्रदर्शन, तस्बिरहरु

काठमाडौँ । कपन सात तले क्षेत्रका स्थानीयले चखुञ्चा खोला खोल्न माग गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार उनीहरुले खोला मिचेर घर टहरा बनाउँदा बाढीले दुर्घटना निम्त्याएको भन्दै छोपिएको र पुरिएको खोला खोल्न माग गर्दै उनीहरुले प्ले कार्डसहित प्रदर्शन गरेका हुन् ।
स्थानीयको माग बमोजिम बिहीबार काठमाडौँ महानगरपालिका डोजरसहित उक्त क्षेत्रमा पुगे पनि केही स्थानीयले अवरोध गरेका थिए । त्यस क्रममा झडप समेत भएको थियो । बुढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले भने आफूहरूसँग कुनै समन्वय नै नगरी डोजर चलाउन लागेको भन्दै महानगरको विरोध गरेका थिए ।
काठमाडौँ महानगर र बुढानीलकण्ठ नगरपालिकाको सीमा क्षेत्र भएर बग्ने खोला अतिक्रमणमा परेपछि पानी पर्दा उक्त क्षेत्र डुबानमा पर्दै आएको छ । खोला क्षेत्रमा घर पर्ने स्थानीयले भने खोला खोल्न नहुने भन्दै विरोधमा उत्रिएका छन् ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले नापजाँचको काम भइरहेकाले सकिएपछि अतिक्रमित संरचना भत्काउने बताए । बिहीबारबाटै उक्त क्षेत्रमा काठमाडौँ महानगरको डोजर तैनाथ राखिएको छ । तस्बिर : कृष्ण खड्का/रातोपाटी
तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको मोर्चाको निष्कर्ष
-
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
-
काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ
-
नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो
-
मैत्रीपूर्ण फुटबलमा सेना विजयी
-
विद्यार्थीको अवधारणा उद्योगसँग जोड्दै सफ्टवेरिका कलेज