प्रचण्ड–माधव एक ठाउँमा रहन सक्दैनन्, एमालेमा पनि ठुलो विस्फोट हुनेवाला छ : मैनाली

काठमाडौँ । पुराना वामपन्थी नेता राधाकृष्ण मैनालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मिलेर समाजवादी केन्द्र नबन्ने जिकिर गरेका छन् ।
प्रचण्ड र माधव मिलेर पुँजीवादी चरित्रको पार्टी बने पनि समाजवादी पार्टी बन्न नसक्ने उनले जिकिर गरेका हुन् । यी दुवै नेता पदबिना बस्न नसक्ने नेता भएको आरोप लगाउँदै मैनालीले पार्टी बने पनि आलोपालो अध्यक्ष बन्न हानथाप हुने बताए ।
‘प्रचण्ड र माधव मिलेर समाजवादी पार्टी बन्दैबन्दैन । पुँजीवादी चरित्रको पार्टी बन्ला । यी दुवैले नेतृत्व छाड्दैनन् । आलोपालो नेतृत्वमा जान्छन् । यी नै कारणले समाजवादीको स्वरूप सुदृढ पार्टीको बन्दैन’, रातोपाटीसँगको कुराकानीमा मैनालीले भने ।
अहिले सबै पार्टीका नेताहरूमा विचलन आएकोले जनआक्रोश बढ्दै गएको उनको बुझाइ छ । परम्परागत पार्टी भनिएका कांग्रेस, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति जनताको अनास्था तीव्र भएकाले यी नै नेताहरूलाई पजनी गरेर पार्टी नबन्ने जिकिर गरे ।
‘परम्परागत पार्टी भनिएका कांग्रेस, एमाले, माओवादी, समाजवादी पार्टीप्रति जनआक्रोश छ । चरम निराशा छ । यसलाई दलीय आक्रोशभन्दा पनि नेताप्रतिको अनास्था हो । यी नै नेताहरूलाई पजनी गरेर जुनसुकै दल बनाए पनि हुँदैन’, मैनालीले भने, ‘नयाँ विचार, दृष्टिकोण, सिद्धान्त र कार्यक्रम नभएपछि आम जनता र मतदाताको आकर्षण बढ्दैन । न प्रचण्ड–माधवको भविष्य छ न समाजवादी मोर्चाको छ ।’
एमालेमा झनै विचलन तीव्र गतिमा आएको मैनालीले टिप्पणी गरे । पछिल्लो समय एमालेभित्र निराशा थेगिनसक्नु भएको र कुन बेला विस्फोट हुन्छ थाहा नभएको टिप्पणी गरे ।
‘एमालेभित्र नेता तथा कार्यकर्तामा निराशा थेगिनसक्नुको छ । कतिबेला विस्फोट हुने हो थाहा छैन । पार्टी सदस्य सङ्ख्या पनि घटेको छ । यसले सबै दलमाथि जनताको निराशा छ । यसको अर्थ नेताहरू गलत बाटोमा लागेका छन् । पुराना नेतृत्वले छाडेर नयाँ विचार, दृष्टिकोणसहित युवाहरूलाई नेतृत्व दिए केही होला । यी नै नेताहरूबाट ऊर्जा आउँदैन’, मैनालीले भने ।
सबै पार्टीका नेता तथा कार्यकर्ता अवसरको खोजीमा रहेको आरोप लगाउँदै उनीहरूको व्यवस्थापन नभएसम्म पार्टी गठन र विघटनको क्रम जारी रहने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रोजेक्ट बैङ्क’मा राखिएका १० हजारबढी आयोजना कटौती
-
आर्सनलको बराबरीले लिभरपुललाई उपाधि जित्न सहज, च्याम्पियन बन्न १ अंकको आवश्यकता
-
आईपीएल : मुम्बईले शान बढाउँदा, हैदरावादको हरिविजोग
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना