त्रिविको सेवा सुविधा कटौतीप्रति भइरहेको कर्मचारीको आन्दोलनमा अनेरास्ववियुको आपत्ति
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरूले थालेको आन्दोलनप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । त्रिविले अतिरिक्त समयलाई घटाएको विरोधमा त्रिविका कर्मचारीहरू झन्डै एक महिनादेखि आन्दोलनमा छन् ।
अतिरिक्त समयमा काम गरेबापत उनीहरूले अतिरिक्त सेवा सुविधा पाउँदै आएका थिए । तर, आर्थिक सङ्कट आएको भन्दै त्रिविले अतिरिक्त समयलाई कटौती गर्ने निर्णय गरेको थियो । त्यसको विरोधमा देशभरका त्रिविका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।
अनेरास्ववियु त्रिवि कमिटीका संयोजक समिरराज विष्टले विज्ञप्ति जारी गर्दै कर्मचारीहरूको आन्दोलनप्रति आपत्ति जनाएका हुन् ।
कर्मचारीको आन्दोलनका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको भन्दै तत्काल संवादको माध्यमबाट अघि बढ्न आग्रह गरे । विगत केहि दिनदेखि आन्दोलनका नाममा ढिलासुस्ती तथा गैरजिम्मेवारी एवम् अमर्यादित क्रियाकलाप भइरहेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
त्रिवि कर्मचारीको नाममा विश्वविद्यालयको कार्यालय समय भित्र दिइने सेवा प्रवाहलाई निस्तेज पार्दै सेवाग्राहीलाई मर्कामा पार्ने र काम अवरुद्ध गर्ने कुरा समग्र विद्यार्थी वर्गलाई सह्य नहुने अनेरास्ववियुको भनाई छ ।
विश्वविद्यालयको सम्बन्धित कार्यालयबाट प्रवाह हुने सेवामा भइरहेको आन्दोलन तथा अवरोध, संवाद र छलफलको माध्यमबाट यथाशीघ्र अन्त्य गर्न समेत माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला