सरकारले माग सम्बोधन नगरे निर्माण व्यवसायीले तेस्रो चरणको आन्दोलन थाल्ने
_V8dan4Wboi.jpg)
काठमाडौँ । निर्माण व्यवसायीहरूले निर्माणको भुक्तानी नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
शुक्रवार दोस्रो चरणको आन्दोलनको अन्तिम दिन संसद् भवन अगाडि विरोध प्रदर्शन गर्दै उनीहरुले निर्माण व्यवसायीहरूका माग सरकारले सम्बोधन नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
विरोध कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले अहिलेसम्म निर्माण व्यवसायीहरूका माग सम्बोधन नगरेको भन्दै अब तेस्रो चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिए । उनले व्यवसायीहरूको सही प्रश्न उठाएका छन् भन्ने जानकारी हुँदासमेत सरकार बेखबर भएको बताए ।
सरकारले विकास निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम गरेको आरोप उनले लगाए । उनले सरकारले समयमा नै निर्माण व्यवसायीको रकम भुक्तानी गर्न नसक्ने हो भने जनतालाई आवश्यक विकास निर्माणका काम मात्रै सुरु गर्नुपर्ने बताए । अध्यक्ष सिंहले राजनीतिक पार्टीका कार्यकर्तालाई पोस्ने गरेर सरकारले बनाएको उपभोक्ता समिति खारेज गर्नुपर्ने माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलहियामा एकीकृत भन्सार जाँच चौकी निर्माणको काम ७१ प्रतिशत सम्पन्न
-
राजदूत घिमिरे र बेलायती सभामुखबिच भेटवार्ता, संसदीय सहकार्यमा जोड
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?