डेङ्गुबाट चितवनमा एक जनाको मृत्यु

चितवन । डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ का एक पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
चालु आर्थिक वर्ष २०८०-८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।
सङ्क्रमितमध्ये ठेगना नखुलेका छ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए । चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छ जनाको मृत्यु भएको थियो । जसमध्ये चार जना चितवनका थिए ।
कैदीबन्दीमा आँखा पाक्ने समस्या
चितवन कारागारमा रहेका कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएकाले रोग फैलने डर छ ।
कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार ३० जनामा आँखा पाक्ने समस्या देखिएको छ । चार दिनदेखि समस्या देखिन थालेको हो । क्रमशः सङ्क्रमण फैलँदै गएको उनले जानकारी दिए । सङ्क्रमितलाई छुट्टै कोठामा राखिएको छ । उनीहरूलाई आवश्यक औषधि व्यवस्था गरिएको पौडेलले जानकारी दिए । कारागारको क्षमता दुई सय ५५ पुरुष र २५ महिलाको रहेको छ । हाल कारागारमा सात सय १३ पुरुष र ४७ महिला कैदीबन्दी छन् । यसैगरी आश्रित पाँच बालबालिका रहेको प्रमुख पौडेलले जानकारी दिए।
छिटो रोग फैलने भएकाले अरुलाई सर्नबाट रोक्न सकेसम्मको प्रयास गरिएको उनको भनाइ छ । जिल्लामा आँखा पाक्ने समस्या निकै बढेर गएको छ । जसका कारण शिक्षण संस्था बन्द छन् । भीडभाडमा नहिँड्न र आँखा पाकेका बिरामीले सावधानी अपनाउन अनुरोध गरिएको छ । भरतपुर आँखा अस्पतालमा बिरामीको सङ्ख्या झन्डै दोब्बर पुगेको छ । बिरामी बढेपछि सहजरूपमा औषधिसमेत पाउन कठिन भएको अस्पतालले जनाएको छ । आँखा पाक्न सुरु गरेपछि निको हुन एक हप्ता हाराहारी लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा
-
गर्मी छल्न लेकमा सार्न थालियो पशुगोठ
-
जागरण अभियानले जनतामा आशा जागेको छ : प्रचण्ड
-
कोलकाताले दियो २ सय ५ रनको लक्ष्य, अन्त्य होला दिल्लीमा जितको ८ वर्षको पर्खाइ ?
-
कजरिया टायल्सलाई दुई लाख ८५ हजार जरिवाना, कारोबार पनि रोक्का