होस्टल व्यवसायी संघको स्वास्थ्य शिविरमा ५ सय लाभान्वित

काठमाडौँ । होस्टल व्यवसायी संघ नेपालले प्रथम वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको छ ।
बानेश्वरको एभरेष्ट हस्पिटलसँग समन्वय गरेर बिहीबार संघले गरेको शिविरमा पाँच सय जना विद्यार्थी तथा सर्वसाधारण लाभान्वित भए । शिविरमा धेरैले स्त्रीरोग, पिसाब, हाड जोर्नी तथा नसा रोग, आँखा, नाक, कान र घाँटी सम्बन्धी सेवा लिएका थिए भने ५४ पिन्ट रगत संकलन भएको थियो ।
शिविरबाट उपचारपछि थप उपचार गर्नुपर्ने समस्या देखिएका विरामीहरुलाई ३० प्रतिशत छुटमा एभरेष्ट हस्पिटल उपचार गर्ने संघकी कार्यवहाक अध्यक्ष रुपाली पौडेलले बताइन् । संघका संस्थापक सुनिल भेटवालका अनुसार, होस्टल व्यवसायमा सरिक भएपनि सामाजिक उत्तरदायित्व अन्तरगत निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम गरिएको हो ।
‘चाँडै होस्टलमा बस्ने विद्यार्थीलाई लक्षित गरेर ५० हजार रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य बिमा पनि लागू गर्दैछौं’, उनले भने, ‘होस्टल व्यवसायको क्षेत्रमा भएका खराब पक्षलाई मर्यादित र व्यवस्थित बनाउन काठमाडौं महानगरपालिकासँग समन्वय गरेर समेत काम गरिरहेका छौं ।’
अर्का संस्थापक चेतन दाहालका अनुसार, हाल काठमाडौंका करिब एक हजार होस्टलमा वर्षभरिमा कम्तिमा ४० हजार विद्यार्थी बस्छन् । ‘यति धेरै विद्यार्थीलाई राख्ने कुरामा अभिभावकहरुले पनि धेरै सोचविचार गर्नुपर्ने हुन्छ, विना कुनै संकोच घरमा जस्तो वातावरणमा राख्न सक्ने परिस्थिति बनाउन लागि परेका छौं’, उनले भने, ‘होस्टललाई व्यवस्थित बनाउने कुरामा संघ तत्पर छ ।’
होस्टल व्यवसायसँगै सामाजिक काम समेत गर्ने कार्यमा सहकार्य गर्न सधैँ तयार रहेको अस्पतालका कार्यकारी निर्देशक दीपक बरालले बताए । संघको स्वास्थ्य शिविर कार्यक्रममा काठमाडौं–१० वडाध्यक्ष रामकुमार केसीको प्रमुख आतिथ्य थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेन युद्धविरामका लागि मंगलबार कुरा गर्दैछन् पुटिन–ट्रम्प
-
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
-
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य प्राज्ञिक केन्द्र बनाउन सुझाव
-
लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना
-
हास्य अभिनेत्री भुसाल ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित
-
९० हजार मेट्रिक टन गहुँ ल्याउन ७ व्यापारिक कम्पनीले पाए अनुमति