सांसद पक्राउसहित यस्ता छन् आजका शीर्ष समाचार
आज मिति २०८० साल साउन महिनाको २५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रम समेटिएको रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर आएका छौँ–
सुनील शर्मा पक्राउ
अप्रेशन ‘फोक्सट्रोट चार्ली’ अन्तरगत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हालसम्म सांसद डा सुनील शर्मासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिला डाक्टर समेत रहेकी छन् ।
पक्राउ पर्नेमा शर्मासहित डा रामबाबु यादव, डा एरिना यादव, अमृत चौधरी र डा रञ्जित कुमार यादव रहेका छन् ।
अमृत चौधरी त्रिवि शिक्षण अस्पतालका डाक्टर हुन् भने सुनिल बाहेकका अन्य पनि विभिन्न अस्पतालमा कार्यरत थिए । शर्मा मेडिकल व्यवसायी हुन् भने सांसद भएपछि संसदीय मोर्चामै व्यस्त थिए ।
सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले यस प्रकरणमा पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताए । सबैले प्रमाणपत्र कीर्ते गरेर डाक्टर बनेको उजुरी परेपछि छानबिनमा दोषी देखिएको बताइएको छ ।
संसद सचिवालयलाई जानकारी
सीआईबीले संसद् सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ ।
सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले शर्मालाई पक्राउ गरिएकोबारे जानकारी समेटिएको पत्र संसद् सचिवालयलाई जानकारी गराएकी हुन् ।
सर्वोच्चको फैसला
र्वोच्च अदालतले हालैमात्र बौद्धिक अपाङ्गता वा सुस्त मनस्थिति भएका व्यक्तिको यौन स्वायत्ततालाई सम्मान गर्नुपर्ने भनी फैसला गरेको छ ।
नेपाल सरकार विरुद्ध कृष्णबहादुर राई रहेको जबरजस्ती करणीको मुद्दामा पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश हरिप्रसाद फुयाँलको संयुक्त इजलासले पुनरावेदनको रोहमा गरेको उक्त फैसलाको पूर्ण पाठ आइतबार सर्वोच्च अदालतको वेबसाइटमा प्रविष्ट गरिएको हो ।
शीतल निवासमा भेटघाट
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेका छन् । भेटमा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
सुन जोख्न आलटाल
असार २ गते राजश्व अनुसन्धान विभागले सिनामङ्गलबाट समातेको ठुलो परिमाणको सुन जोख्न आलटाल भएको छ । क्याथे प्यासिफिकको कार्गोमार्फत हङकङबाट ब्रेक प्याडमा लुकाएर ल्याइएको एक क्विन्टल सुन समातेको दाबी गरे पनि अहिलेसम्म परिमाण टुङ्गो लाग्न सकेको छैन ।
प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको लक्ष्य अनुसार काम नगरे अभिलेख राखेर जिम्मेवारी फेरबदल गर्ने चेतावनी दिएका छन् । मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै उनले विगतमा जस्तो यो वा त्यो बहानामा आफूलाई सुम्पिएको कार्यसम्पादन अनुरूपको कार्यमा ढिलाइ गर्ने छुट कसैलाई नभएको बताए ।
यो पनि
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीबीच सात तलेदेखि फैकासम्मको खहरे खोला आसपासमा निर्माण गरिएका भौतिक संरचना भत्काउने कि नभत्काउने भन्ने नाँपजाँचपछिमात्रै टुंगो लगाउने सहमति भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा एमालेले सबै जातजाति र धर्मावलम्बीहरूको अधिकारको सम्मानमा कुनै सर्तबन्दी नगर्ने बताएका छन् ।
केही दिनेदेखि वैदेशिक रोजगार विभागको सफ्टवेयरमा समस्या देखिएको छ । विभाग अन्तर्गत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली ९फेमिस०को सर्भर डाउन भएको छ ।
भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्थाको जग्गा कम मूल्यमा बिक्री गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्य अवधि पूरा गरेका कर्मचारीहरूको रोजेअनुसारका सुगम क्षेत्रका कार्यालयमा सरुवा गरेको छ ।
विद्युत प्राधिकरणको नाफा १ अर्ब ४ करोड रुपैयाँले खुम्चिएको छ । प्राधिरकणको अघिल्लो आर्थिक वर्ष २०७८।७९ को तुलनामा गत आर्थिक वर्ष २०७९।८० मा नाफा खुम्चिएको हो ।
निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) ले संसदमा दर्ता गर्ने तयारीमा रहेको विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरेको छ । बिहीबार सो संगठनले राजधानीको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
काठमाडौँ महानगरपालिका–२७ स्थित भोटाहिटीको एक स्टोरमा आगलागी भएको छ । भोटाहिटीस्थित मथुराम राकेश श्रेष्ठको घरको पाँचौ तलामा रहेको स्टोरमा आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । त्यहाँ कपडा र भाँडाकुडाको स्टोर थियो । सो स्टोर मोहम्मद रयामास्दले सञ्चालन गरेका हु्न् ।
थय समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केयुको हल्ट पुरस्कार २०२४/०२५ को लागि दर्ता खुला
-
यी तीन गल्तीले बनाइदिन्छ पति-पत्नीको सम्बन्धलाई कमजोर
-
आलिया भट्टले किशोर कुमारलाई नचिनेपछि...
-
एनपिएलको उदघाटन खेल र अन्य खेल हेर्नका लागि टिकट मूल्य सार्वजनिक
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म