बाघेखोलामा डुबेर दुई बालबालिकाकाे मृत्यु
बिहीबार, २५ साउन २०८०, २१ : १८

झापा । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा रहेको सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालका अनुसार विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र सोही ठाउँका देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको आज डुबेर मृत्यु भएको हो ।
घर नजिकै रहेको बेघेखोलामा उनीहरु डुबेको देखेपछि स्थानीयले तत्काल उद्धार गर्दै अस्पताल पुर्याइएको थियो । उनीहरूमध्ये एक जनाको अस्पताल पुर्याउनुअघि नै मृत्यु भइसकेको र एक जनाको बिर्तामोडस्थित पूर्ण टुङ्ग अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको सर्वदलीय बस्दै
-
३५ किलो गाँजासहित एक जना पक्राउ
-
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
आजदेखि विमानस्थल सञ्चालन १८ घण्टा, मध्यपूर्वका एयरलाइन्सलाई क्यानको ‘सबक’
-
नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र
-
बागमती सरकारले नीति आयोग कार्य सञ्चालन गर्न कानुन बनाउने