प्रमाणपत्र कीर्ते प्रकरण
शर्मा पक्राउसम्बन्धी पत्र बोकेर सीआईबीका एसपी संसद सचिवालयमा
बिहीबार, २५ साउन २०८०, १७ : २३

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संसद सचिवालयलाई सांसद सुनील शर्मा पक्राउसम्बन्धी जानकारी गराएको छ । सीआईबीका एसपी नवराज अधिकारी शर्मालाई पक्राउ गरिएकोबारे जानकारी समेटिएको पत्र बोकेर संसद सचिवालय सिंहदरबार पुगेका हुन् ।
सांसद पक्राउ गर्दा संसद सचिवालयलाई जानकारी दिनुपर्ने व्यवस्थाअनुसार सीआईबीले जानकारी गराएको हो । प्रमाणपत्र कीर्ते अभियोगमा सीआईबीको टोलीले सांसद शर्मालाई बिहीबार टोखाबाट पक्राउ गरेको हो ।
कांग्रेस नेता तथा सांसद समेत रहेका उनीसहित सो अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।