भ्रमपूर्ण समाचार लेखेको भन्दै पूर्व प्रहरी महानिरीक्षक सिंहले दिए काउन्सिलमा उजुरी
काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एक अनलाइन सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । रोशनबहादुर खड्का सम्पादक रहेका काठमाडौँ पाटीविरुद्ध सिंहले बिहीबार प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।
काठमाडौँपाटी अनलाइनमा गत साउन २१ गते प्रकाशित सुन तस्करीसँग आफ्नो नाम जोडेको भन्दै उक्त समाचार भ्रमपूर्ण रहेको र समाचारबाट आफ्नो प्रतिष्ठा र सम्मानमा आँच पुराएको भन्दै कारवाहीका लागि सिंहले माग गरेका छन् ।
सिंहले भनेका छन्, ‘उपरोक्त सम्बन्धमा गत आइतबार २०८०/०४/२१ गते काठमाडौँपाटी अनलाइनले राजश्व अनुसन्धान कार्यालयद्वारा पक्राउ गरिएका सुनसँग सम्बन्धित व्यक्तिसँग मलाई जोडेर समाचार प्रकाशित गरेकामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा निज अनलाइनले मेरो प्रतिष्ठा र सम्मानमा समेत भ्रमपूर्ण समाचार प्रकाशित गरी अन्यौल सिर्जना गरेकाले कानुनी कारवाहीका लागि मैले प्रेस काउन्सिल नेपालमा दर्ता नम्बर ४७३ बाट उजुरी दर्ता गरेको छु । प्रेस काउन्सिलबाट यस्ता भ्रमपूर्ण समाचार प्रकाशित गर्ने अनलाइन उपर कानुन बमोजिम कारबाही हुने कुरामा विश्वस्त छु ।’
उक्त अनलाइनले सुन तस्करीमा संलग्न रहेका भनिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्व आइजीपीहरु सर्वेन्द्र खनाल र धिरजप्रताप सिंहसँग निरन्तर सम्पर्क भएको पाइएको उल्लेख गरेको छ । सिंहले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई ‘भाइ किन फोन उठाएको’ भन्दै बारम्बार म्यासेज पठाएको भन्दै म्यासेजको ब्यहोरासमेत उल्लेख गरी समाचार प्रकाशन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला