विभिन्न जिल्लाबाट लागु औषधसहित आठजना पक्राउ

काठमाडौँ । कैलाली, बर्दिया र तनहुँबाट लागु औषधसहित आठजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–१४ खुटियाघाटबाट अवैध लागुऔषध चरेश ४ किलो ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका–७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम) बासिकोट गाउँपालिका–७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
कैलालीकै गोदावरी नगरपालिका– ४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल गाउँपालिका–२ बस्ने २८ वर्षीय मिन बहादुर मालीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय अरूण चौधरी समेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान साइकल प्रहरीले बरामद गरेको छ ।
तनहुँ, ब्यास नगरपालिका–४ भोर्लेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ९ सय ग्रामसहित सोही नगरपालिका–१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा