गृहले गौर हत्याकाण्ड पीडितसँग गरेको सम्झौताप्रति माओवादी नेता शर्मा आक्रोशित

जनकपुरधाम । गृह मन्त्रालयले गौर हत्याकाण्डका पीडितहरूसँग गरेको सम्झौताप्रति नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले आक्रोश व्यक्त गरेका छन् ।
गृह मन्त्रालयले गत सोमबार पीडितहरूसँग दोषीलाई कारबाही गर्ने लगायतका सम्झौता गरेपछि उनी आक्रोशित बनेका हुन् । उक्त घटनामा नेता शर्माविरुद्ध पनि जाहेरी दर्ता छ ।
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा रहेका माओवादी नेता शर्माले आफ्नो फेसबुक पेजमा गौर हत्याकाण्डको मुख्य दोषी नै प्रभु साह रहेको आक्षेप लगाउँदै लेखेका छन्,‘प्रभु साहको घमन्ड, अहङ्कार र उच्च राजनीतिक महत्त्वाकाङ्क्षा, गृह प्रशासनको मौनता र परिवर्तन विरोधी शक्तिको चलखेलको समग्र परिणाम नै गैर हत्याकाण्ड हो !'
उक्त घटनामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र शर्मासहित १ सय ३० जनामाथि कारबाही माग गर्दै जाहेरी दिइएको छ । २०६३ चैत ७ गते रौतहटको गौर बजारमा भएको उक्त घटनामा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकको वार्षिकोत्सवमा ‘एक थान’ गभर्नरको खोजी, सहभागी भएनन् यी प्रत्यासी
-
हवाई सेवा विधेयकमाथि प्रारम्भिक स्वीकृति, मन्त्री पाण्डे भन्छन्, ‘क्यान टुक्र्याउन मात्रै विधेयक ल्याएको होइन’
-
विज्ञहरू भन्छन् – स्वाधीनता रक्षाका लागि नयाँ लडाइँ लड्नुपर्ने आवश्यकता भयो
-
आन्दोलनरत शिक्षक र पत्रकारमाथि गरिएको प्रहरी दमन खेदजनक : जनार्दन शर्मा
-
घाइते शिक्षकहरूको निःशुल्क उपचार गरिने
-
शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद