अर्थ
हाइड्रोजन पावर प्लान्ट स्थापना गर्दै विद्युत् प्राधिकरण
बिहीबार, २५ साउन २०८०, १५ : ०२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने भएको छ । कार्यकाल सम्हालेको २ वर्ष पुगेको उपलक्ष्यमा आयोजित कार्यक्रममा प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने बताएका हुन् ।
उनले भने, ‘एउटा हरित हाइड्रोजन पावर प्लान्ट स्थापना गर्ने काम अघि बढेको छ ।’
अहिले विश्वभर हाइड्रोजन पावर प्लान्ट स्थापनाको प्रक्रिया अघि बढेको छ । छिमेकी मुलुक भारतमा समेत निजी समूह अडानी ग्रुपले हाइड्रोजन पावर प्लान्ट स्थापना गरिसकेको छ ।
यस्तै जापानमा हाइड्रोजनबाट चल्ने सार्वजनिक सवारीको सफल परीक्षण सम्पन्न भइसकेको छ । हरित हाइड्रोजनले अन्य प्रकारका जैविक ऊर्जाको तुलनामा न्यून कार्बन उत्सर्जन गर्छ । यस्तै, यसबाट प्रदान हुने शक्तिसमेत अधिक हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र कर्मचारीको कार्यक्षमतामाथि प्रदेश प्रमुख जोशीले उठाए प्रश्न
-
नेप्सेमा सामान्य वृद्धि, कारोबारमा उत्साह कायमै रहँदा देखियो अनौठो दृश्य
-
जेठमा पुग्यो अनेरास्ववियुको महाधिवेशन
-
नेता तथा कार्यकर्ता एकताबद्ध भएर कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्छ : सभापति देउवा
-
बागमतीका करिब ३ लाख किशोरीलाई एचपीभी खोप लगाइँदै
-
सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा पानी र हिउँ पर्ने