९५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्ण विद्युतीकरण
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले देशको कूल जनसंख्याको ९५ प्रतिशत जनता विद्युतको पहुँचमा पुगेको जनाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ९५ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको जानकारी दिएका हुन् ।
उनले राष्ट्रिय प्रसारणलाईनमा जडित बिजुलीको पहुँचमा उक्त जनसंख्या आएको बताए । यसमध्ये मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पूर्णरुपमा विद्युतीकरण भएको उनले बताएका छन् ।
यस्तै, कोसीमा ९५ प्रतिशत र लुम्बिनीमा ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुगेको छ ।
कर्णाली प्रदेशको ६७ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ८२ प्रतिशत जनसंख्या विद्युतको पूर्ण पहुँचमा पुगेको घिसिङले बताए ।
नेपालको ७५३ स्थानीय तहमध्ये प्राधिकरणको प्रणालीबाट ५०५ स्थानीय तहमा पूर्ण विद्युतीकरण भएको छ । यस्तै, २२७ वटा स्थानीय तहका अधिकांश स्थानमा र २१ वटा स्थानीय तहमा सोलार, साना तथा लघुजलविद्युत आयोजनाबाट विद्युतीकरण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्सनलले म्यान्चेस्टर सिटीलाई फराकिलो अन्तरले हरायो
-
सवारी दुर्घटना : एकै जिल्लामा ३८ जनाको मृत्यु
-
६ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब बराबरको रेमिट्यान्स
-
रातोपाटी ब्रिफिङ् : पूर्वराष्ट्रपति भण्डारीको बढ्दो राजनीतिक सक्रियतादेखि नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक दर्तासम्म
-
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि
-
बुढासुब्बा गोल्डकप :‘सडन डेथ’ मा धरान फुटबल क्लबलाई हराउँदै युके एफसी सेमिफाइनलमा