इजिप्टले पर्यटनबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व उठायो

कायरो । इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ ।
जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१÷२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिव १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजश्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक प्राधिकरणले बुधवार घोषण गरेको हो । इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ । २०२१ मा इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या जम्मा ८० लाख रहेको थियो ।
गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ । २०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरुमा ६२.६ प्रतिशत युरोपेलीहरु रहेका थिए भने अरबी पर्यटकहरु २६.४ प्रतिशत थिए ।
त्यस्तै अमेरिकीहरु ५.८ प्रतिशत र बाँकी अन्य देशहरुबाट गएको पाइएको छ । सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की