कर्णालीबाट श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्यो

सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशबाट वैदेशिक रोजगारका लागि विदेशिनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । आर्थिक वर्ष २०७९–०८० मा नयाँ श्रम स्वीकृति लिनेको कूल सङ्ख्या तीन हजार तीन सय रहेको श्रम तथा रोजगार कार्यालय सुर्खेतले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले आव २०७५–०७६ मा नौ सय १९ पुरुष र महिला सात जनाले पुनः श्रम स्वीकृति लिएका जानकारी दिए । उनका अनुसार २०७६–०७७ मा एक हजार नौ सय ९० पुरुष र ३६ महिला, २०७७–०७८ मा छ सय ६७ पुरुष र आठ महिला र २०७८–०७९ एक हजार पाँच पुरुष र २६ महिलाले श्रम स्वीकृति लिएका थिए ।
आफ्नो देशमा भन्दा अन्य देशमा काम गर्न बढी रुचाउने भएकाले गर्दा पनि विदेशिनेको सङ्ख्या बढ्दै गएको उनले बताए । श्रम तथा रोजगारका लागि नेपालबाट साउदी, कतार मलेसिया, बहराइन, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्यान्ड, रोमानिया, स्लोभाकिया, हङ्गेरी, माल्दोभा र बेलारुसमा जानेको सङ्ख्या बढिरहेको जनाइएको छ ।
उनले भने, “उच्च शिक्षामा व्यवसायी तथा सीपमूलक शिक्षा अनिवार्य गर्नुपर्छ ।” कर्णालीको सल्यानबाट धेरै श्रम तथा रोजगारका लागि जाने गरेको उनले बताए । वीरेन्द्र नगर १ का भद्र सुनारले सरकारले स्वदेशमा नै रोजगारको व्यवस्था मिलाउन सकेमा विदेशीनेको संख्या कम हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मेनपावर कम्पनीले वार्षिक १०० जना कामदार विदेश पठाउनै पर्ने प्रावधान हट्यो
-
जनमत र नागरिक उन्मुक्ति पार्टीबिच एकता घोषणा आज
-
सत्तारुढ दलको बैठक आज बस्ने, के छन् छलफलका एजेन्डा ?
-
भौतिक मन्त्रालयको आगामी बजेट : नयाँ आयोजना नराख्ने, कति पाए फास्ट ट्र्याक र रेलले ?