प्रि ओपन सेसन : नेप्से सूचकमा सामान्य ह्रास
बिहीबार, २५ साउन २०८०, १२ : ५५
काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १.९६ विन्दुले घटेको छ । यससँगै सूचक २०५८.९५ अंकमा आएको छ । ६ लाख ६३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको १५ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ३१ पटक सेयर कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।