राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरू समस्यामा परे : अध्यक्ष सिंह

काठमाडौँ । निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसायका कारण निर्माण व्यवसायीहरूको समस्या भोग्नुपरेको बताउँदै विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार पनि नेपाल निर्माण व्यवसायीहरूले राजनीतिक नेतृत्वको गलत मनसाय र कर्मचारीहरूको आफू टिक रहनका लागि गरेको दुष्कर्म आफूहरूले भोग्नुपरेको भन्दै बताएका हुन् । उनीहरुले नेपाल निर्माण व्यवसायी महासङ्घको कार्यालयमा भेला भई संसद् भवन अगाडि पुगेर कोणसभा गर्दै माइतीघरसम्म धर्ना दिएका हुन् ।
कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरुले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको पटक पटकको संशोधनले पूर्वाधार विकासमा समस्या निम्त्याएको बताए । उनले सरकारले निर्माण व्यवसायीहरूलाई देखाएर निर्माण व्यवसायीहरूले काम गरेनन् भन्ने भ्रम मात्रै सिर्जना गरेको आरोप लगाए ।
अध्यक्ष सिंहले राजनीतिक नेतृत्वको गलत मनसायका कारण र कर्मचारीतन्त्र राजनीतिक नेतृत्वको दबाबमा आएर आफू टिक रहनका लागि गरेको अनावश्यक कुकर्मबाट निम्तिएको समस्या निर्माण व्यवसायीहरूको खेपिरहनुपरेको बताए । निर्माण व्यवसायीहरूलाई धराशायी बनाउने काम नगर्न सरकारलाई चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ