खुटिया नदीमा दाउरा निकाल्न गएका भट्टराईको शव फेला
बिहीबार, २५ साउन २०८०, ०९ : ३७
![खुटिया नदीमा दाउरा निकाल्न गएका भट्टराईको शव फेला](https://rpcdn.ratopati.com/media/albums/kailali-1_aFBbhGTUP7.jpg)
धनगढी । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदीमा फसेपछि बेपत्ता भएका एक जनाको शव फेला परेको छ । कैलालीको गोदावरी नगरपालिका ९ धनचौरीका ४० वर्षीय रत्न प्रसाद भट्टराईको शव फेला परेको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार उनी बुधबार घर नजिकैको खुटिया नदीमा दाउरा निकाल्न भनी घरबाट निस्केका थिए । तर नफर्किएपछि उनको खोजी गरिएको थियो ।
उनको आज बिहान पानी जमेको खल्लामा शव फेला परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
नेसपा (नयाँशक्ति)को उपाध्यक्षमा दुर्गा र मानुषी निर्विरोध
-
सुन्दर र दुब्ली देखिने औषधिले गायिका एभरीको भयो यस्तो हविगत
-
अचाक्ली बढ्यो खाने तेल, घिउको मूल्य, सरकारलाई थाहै छैन
-
बेलायतमा 'मेरो भ्वाइस युनिभर्स' र 'मेरो डान्स युनिभर्स'को अडिसन हुँदै