भरतपुर महानगरपालिकाले तोक्यो डेंगु रोगको परीक्षण शुल्क

चितवन । चितवनको भरतपुर महानगरपालिकाले डेंगु रोगको परीक्षण शुल्क तोकेको छ । महानगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै डेंगु परीक्षणका लागि शुल्क तोकेको हो ।
भरतपुर महानगरपालिकाले डेंगु रोग परीक्षणका लागि अधिकतम ६०० रुपैयाँसम्म लिन पाउने गरी शुल्क तोकेको हो । महानगरपालिका क्षेत्रमा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या बढ्दै गएको अवस्थामा परीक्षणमा जथाभाबी रूपमा शुल्क लिने गरिएकाले शुल्क निर्धारण गरिएको हो ।
परीक्षण शुल्कमा एक रुपता कायम गरी नागरिकहरूको सहजताका लागि शुल्क तोकिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिका भित्र सञ्चालनमा रहेका सरकारी तथा निजी स्वास्थ्य संस्था तथा परीक्षण ल्याबहरूले आफू अनुकूल डेंगु परीक्षणको शुल्क लिने गरेको थियो । देश भरी डेंगु रोग सङ्क्रमण तीव्र गतिमा फैलिरहेको र महानगरपालिकासमेत उच्च जोखिममा रहेको अवस्थामा परीक्षणमा नागरिकहरू ठगिनबाट जोगाउने उद्देश्य अनुसार शुल्क निर्धारण गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र प्रसाद पौडेलले बताए ।
उनका अनुसार डेंगु रोग निदानका लागि गरिने परीक्षणमा एकरूपता नभएको गुनासो बढेसँगै सरोकारवालाहरूसँगको बैठकको निर्णय अनुसार अधिकतम शुल्क ६०० रुपैयाँ कायम गरिएको हो । महानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका ल्याबहरूले डेंगु परीक्षण बापत एक हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चौकीमा पाकिस्तानले गोलाबारी गरेको आरोप
-
‘भारतबाट एक थोपा पानी पनि पाकिस्तान जानु हुँदैन’
-
आन्दोलनमा सहभागी शिक्षकहरू चढेको रात्रिबस दुर्घटना, १६ जना घाइते
-
तस्बिरमा हेर्नुहोस् कास्कीको पर्यटकीय गाउँ घान्द्रुक
-
सुदीपको न्यायको लागि आज पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरिँदै
-
भारत भ्रमणको तयारीमा सुदूरपश्चिम प्रदेश सरकार, सर्वदलीय बैठक माओवादीको बहिष्कार