शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लिलिबिलि’ पोष्टरः प्रदीप र जसिताको रोमान्टिक मुड

बुधबार, ०७ चैत २०७४, १८ : ०४
बुधबार, ०७ चैत २०७४

 काठमाडौं – दर्शकमा राम्रो क्रेज भएका अभिनेता प्रदीप खड्का अभिनित ‘लिलिबिलि’ आगामी ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र हो ।चलचित्रको बुधबार केही पोष्टर रिलिज गरिएको छ ।  अभिनेता प्रदीप र अभिनेत्री जसिता गुरुङ मुख्य भूमिकामा रहेको चलचित्रको पोष्टरमा पनि यी दुबै कलाकारलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । भिन्न–भिन्न तीन प्रकारको पोष्टरले चलचित्रप्रति दर्शकको चासो बढाउने निर्माता गोबिन्द शाहीले बताए ।

चलचित्रमा यी दुबै कलाकारको अलवा प्रियंका कार्की, अनुपबिक्रम शाही , सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुवदत्त, रितेस चाम्स लगायतको समेत अभिनय रहेको छ । तर निर्माण युनिटले भने प्रदीप र जसितालाई मात्र प्रचार अगाडी सारेको छ ।

मिलन चाम्स निर्देशित ‘लिलिबिली’ स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुल लगायत स्थानमा छायाँकन गरिएको छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको ‘लिलिबिली’ मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । 

सुदिप बरालले खिचेको चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र अर्जुन जि सीको सम्पादन रहेको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप