नेविसंघको असन्तुष्ट समूहले आज देउवा निवास घेर्ने

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।
नेविसंघको हालै मनोनीत केन्द्रीय सदस्यहरूमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समूहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरूलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिए पछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन् ।
नेविसंघका असन्तुष्ट समूहका विद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटी बनाउनुपर्ने हुन्छ, बिहीबार शेरबहादुर दाइको घर घेर्न जान्छौँ ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरूले आज घर घेराऊ गरी नेविसंघ केन्द्रीय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिइनेछ ।
असन्तुष्ट समूहको नेतृत्वको गर्ने विद्यार्थी नेता प्राध्यापक प्रेम चलाउनेमाथि हातपात गर्ने नेता हुन् । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोनयनमा स्वयं रावल पनि अटाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाललाई हिन्दुराष्ट्र बनाउन आवश्यक छ : कांग्रेस सांसद गिरी
-
सेयर बजारमा १५.५७ अंकको करेक्सन, कारोबार पौने ६ अर्ब
-
संसद्को हिउँदे अधिवेशनबाट पारित भए ५ अध्यादेश र ५ विधेयक
-
राजावादीको अराजक प्रदर्शनमा सहभागी नहुन सरकारको अपिल
-
जब कैँची बोकेर मलाइकाको घरमा एक युवती पुगिन्
-
त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृतलाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग