सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्छ : सांसद शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सुन तस्करी प्रकरणमा सम्बन्धित मन्त्रीहरुले राजीनामा गरी अनुसन्धानको बाटो सहज गर्नुपर्ने बताएका छन् । उनले सरकार नै संसद्लाई अनिर्णयको बन्दी बनाउनेतर्फ उद्धत भएको आरोप लगाएका हुन् ।
बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद् अवरोधको बाटोमा लैजाने जिम्मा सरकारले लिनुपर्ने बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न दिनेकुरामा कसैको हानी नहुने बताए ।
सांसद शर्माले राजश्व अनुसन्धान र सीआईबीले मात्रै अनुसन्धानको निष्कर्ष निकाल्न नसक्ने बताए । सरकारी संयन्त्रको दुरुपयोग गरी सुन तस्करी भएकाले सरकारी संयन्त्रबाट नै अनुसन्धान निष्पक्ष हुन्छ भन्न नसकिने बताए । उनले उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्न नेकपा (माओवादी केन्द्र) का सांसदहरु नै नमानेको र ढिलो चाँडो उच्चस्तरीय समिति बनाउन माओवादी तयार हुनुपर्ने बताए ।
सांसद शर्माले राज्य व्यवस्था समितिलाई पूर्ण अधिकार दिएर अनुसन्धान गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
-
सहकारीका सदस्यको स्वस्ति शान्ति गराउन बागलुङमा लगाइयो पुराण
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता
-
अमेरिकामा नेतान्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद