कूटनीति
प्रधानमन्त्री प्रचण्डभन्दा पहिले उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने
बुधबार, २४ साउन २०८०, २१ : ००
_n6kUvq0kPb.jpg)
काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादव चीन भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी चलिरहेका बेला उपराष्ट्रपति यादव चीन भ्रमणमा जाने भएका हुन् । यद्यपि, उपराष्ट्रपति यादव चीन भ्रमणमा कहिले जाने भन्ने आधिकारिक मिति भने तय भैसकेको छैन ।
उपराष्ट्रपति कार्यालय स्रोतले भ्रमणको मिति तय भैनसकेको बताएको छ । तर उनी प्रधानमन्त्री प्रचण्डको भ्रमणभन्दा पहिले जाने गरी तयार सुरु भएको छ ।
यादव ‘चाइना–साउथ एसिया एक्सपो’ को अतिथि भएर चीन भ्रमणमा जाने भएका हुन् । उपराष्ट्रपति कार्यालय स्रोतकाअनुसार साउन २९ गते उनी चीन भ्रमणमा जाने लगभग तय भएको छ । तर मन्त्रिपरिषद्बाट त्यसको आधिकारिक निर्णय आउन बाँकी छ । अगस्त १६ देखि सो एक्स्पो सुरु हुने बताइएको छ ।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले यादवलाई चीन भ्रमण गराउने निमन्त्रणा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा
-
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा
-
रोजगारी सिर्जनाका लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता
-
१० वर्ष भित्रमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ : उर्जामन्त्री खड्का
-
‘एक्सन चुनौती पुर्ण रहेछ’
-
नारायणी नदीमा डुबेका दुई बालबालिकाको शव गोताखोरले टोलीले निकाल्यो