विराटनगरका पुस्तक व्यवसायी सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला
विराटनगर । विराटनगर १० का स्थायी बासिन्दा २५ वर्षीय सिद्धान्त भट्टराई सिराहाको मिर्चैयामा मृत फेला परेका छन् ।
सिराहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित होटेलको पछाडि आज बिहान उनको शव फेला परेको हो । भट्टराई स्टेशनरीका होलसेल व्यवसायी हुन् ।
उनले विराटनगरस्थित पाथीभरा कापी उद्योग सञ्चालन गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले भट्टराईको शव होटेलको पछाडि शौचालय नजिक भेटिएको हो ।
विराटनगरबाट बुधबार बिहान सबेरै मृतकका आफन्त मिर्चैया पुगेका छन् । प्रहरीले शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ भने होटेलमा जडान गरिएको सिसी क्यामेराको फुटेज लगायतका प्रमाण हेरेर अनुसन्धान गरिने जनाएको छ ।
भट्टराई होटेलको पछाडिपट्टि जिन्स पाइन्ट लगाएको र कम्मरदेखि माथि पट्टिको भागमा लुगा नभएको अवस्थामा मृत भेटिएका हुन् । उनको घाँटी सिक्री र पाइन्टको गोजीमा मोबाइल फेला परेको छ । भट्टराई हिजो बेलुका को.१ च ९१७२ नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ गरी चालक सागर राईसँगै सहदेव होटेलमा खाजा र खान खाएपछि राती पौने ११ बजेतिर चालक राई सुत्न गएको र भट्टराई भने दुई घर दक्षिण पर्ने शम्भु होटेलमा गएको प्रहरीको दाबी छ । चालक राईले भने राति १ बजेतिर होटेलका सञ्चालकले बोलाएर आफूसँग आएका व्यक्तिको मृत्यु भएको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा