संसद् अवरोध खुलाउन प्रमुख तीन दलको बैठक फेरि बस्दै
बुधबार, २४ साउन २०८०, १० : २४

काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्दैछ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक बस्न लागेको हो ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित तीनै दलका उपनेता र प्रमुख सचेतकहरू बैठकमा उपस्थित हुनेछन् ।
प्रतिनिधिसभाको बैठक १ बजे बस्नु अगावै संसद् सुचारु गर्नका लागि सहमति खोज्न उक्त बैठक बस्न लागेको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगजनी तथा लुटपाटका घटनाप्रति चेम्बरको आपत्ति
-
स्वागत नेपाल रिहा
-
राजेन्द्रलाई समर्थन गर्दै कमल थापाले भने– राजावादी यहाँ छ, सके जेल हाल
-
८ महिनामा न्यायाधीशहरूविरुद्ध एक सय बढी उजुरी, फर्छ्योट शून्य
-
गभर्नर अधिकारी भन्छन्- ‘पाँच वर्षे कार्यकाल चुनौती पूर्ण रह्यो’
-
हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित हुन नसक्ने