महावीर पुनले भने–कानुन मिच्ने मलाई कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद !

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई कारबाही गरेको गृह मन्त्रालयलाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा पुनले कानुन मिच्ने आफूलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिएका हुन् ।
पुनले विभूषण लिलामीमा राखेपछि गृह मन्त्रालयले लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने बताएको थियो ।
त्यसपछि पुनले सामाजिक सञ्जालमा लेखेका छन्,'गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाई सिंहदरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ती पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।'
पुनले अन्तर्राष्ट्रिय मेडलहरु भने बिक्री गर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम