मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : संसद्‍‍भित्र सुनकाण्डको जुहारी, देशभर बाढीपहिरोको वितण्डा

मङ्गलबार, २३ साउन २०८०, २१ : २१
मङ्गलबार, २३ साउन २०८०

आज २०८० साउन २३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

एमालेद्वारा संसद् बैठक अवरुद्ध

गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभामा जवाफ दिएपनि प्रमुख प्रतिपक्षी दल एमालेले बैठक अवरुद्ध गरेको छ । मंगलबार बसेको बैठकमा गृहमन्त्रीले सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनबारे जवाफ नदिएको भन्दै उठेर नाराबाजी गरेका छन् ।

रोल्पा बस दुर्घटना अपडेट

रोल्पामा भएको बस दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुलेको छ । जिल्लाको बागमाराबाट दाङको घोराहीका लागि छुटेको बस सहिद मार्गअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँको सडक खण्डमा आज दिउँसो दुर्घटना भएको थियो  । 

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको आपतकालीन उद्धार सुरुङको सोमबार ‘ब्रेक थ्रू’ भयो । मूल सुरुङ मार्ग सञ्चालनका लागि उद्धार सुरुङको ‘ब्रेक थ्रू’ जरुरी थियो । सवारी पूर्वाधारका लागि नेपालमा निर्माण भइरहेको यो पहिलो सुरुङ मार्ग हो । काठमाडौं छिर्न होस् वा बाहिरिन, नागढुंगादेखि झ्याप्ले खोलासम्मको जामले यात्रीहरु सधैँजसो मारमा पर्ने गरेका छन् ।

बलात्कारको जाहेरीमा वकिलले गराइदिए मिलापत्र

मुलुकी अपराध संहिताको दफा १७५ मा बहुविवाह गर्न नहुने सम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफाको उपदफा १ मा ‘विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन’ भनी उल्लेख गरिएको छ । त्यसैगरी सोही दफाको उपदफा २ मा ‘कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन’ भनी उल्लेख गरिएको छ ।

 अनिश्चितकालीन विद्यालय बन्दको चेतावनी

शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्न सरकारले ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मन्त्रिपरिषदबाट पारित भएसँगै यसबारे तीव्र बहस सुरु भएको छ । विधेयकको मस्यौदा औपचारिक रुपमा सार्वजनिक नभए पनि विभिन्न माध्यमबाट चुहिएको सूचनालाई आधार मानेर यतिबेला यसबारे व्यापक बहस भइरहेको हो । 

अलपत्र बन्यो ‘टेरामक्स’

टेलिकम कम्पनीहरूबाट हुने कर छलीको गतिविधिमाथि निगरानी गर्ने लक्ष्यसहित जडान गरिएको टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) अलपत्र परेको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले जडान गरेको टेरामक्स अलपत्र परेको हो ।

प्रहरी नै असुरक्षित

समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिने प्रमुख दायित्व बोकेको प्रहरी कर्णालीमा जोखिमपूर्ण अवस्थामा छन् । प्रहरी कार्यालयका धेरैजसो भवन जीर्ण छन् भने कतिपय स्थानमा प्रहरीका आफ्नै संरचनासमेत छैन । तथ्याङ्क अनुसार कर्णालीका २५ प्रतिशत प्रहरी इकाईका लागि मात्रै आफ्ना भवन छन् ।

मिटरब्याजी प्रकरण

अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धमा अदालतको फैसला अवहेलना गरेको भन्दै बाराका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख विरुद्ध उच्च अदालतमा उजुरीको चाङ लागेको छ । फैसला कार्यान्वयन गर्न स्थानीय प्रशासनले आलटाल गरेको भन्दै बाराका प्रजिअ नवराज सापकोटा र प्रहरी प्रमुख होबिन्द्र बोगटीविरुद्ध उच्च अदालतमा उजुरी परेको हो ।

मकवानपुरमा पहिरो 

सिक्रे दोभान पहिरोमा हराएकाहरूको उद्धार कार्य मंगलबार रातभरका लागि स्थगित गरिने भएको छ । मकवानपुरको बागमती गाउँपालिका-५ सिक्रे दोभानमा मंगलबार बिहान ४ बजेको समयमा खसेको पहिरोमा हराएकाहरूको खोजी कार्य बुधबार बिहानबाट गर्ने गरि स्थगित गर्ने तयारी भएको हो ।

एएफसी कप छनोट

एएफसी कप छनोटको प्रारम्भिक चरणमा नेपाली क्लब मछिन्द्रले भुटानी क्लब पारो एफसीलाई पराजित गरेको छ । पारो एफसीलाई ३–२ गोलले हराउँदै मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरणमा पुगेको हो । 

काठमाडौँमा डुबान

काठमाडौँमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण गौरिघाट, गुहेश्वरी, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप