पेट्रोल भन्सार छली प्रकरण : जरिवाना चालकलाई, सफाइ मालिकलाई

बुटवल । भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानीका क्रममा भन्सार छली तथा चोरी पैठारी मुद्दा प्रकरणमा मालिकले सफाइ पाएका छन् ।
भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी रुपन्देही र ट्याङ्कर चालकलाई भने दोषी ठहर गर्दै २० लाख रुपैयाँ बढी जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।
इन्डियन आयल कर्पोरेसनमार्फत् भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर नेपाल ल्याउँदै गरेको लु २ ख ४८३९ नम्बरको पेट्रोल बोकेको ट्याङ्करलाई प्रहरीले यही वैशाख ८ गते भन्सारमा नियन्त्रणमा लिएको थियो । नापजाँच गर्दा निगमले तोकेको भन्दा बढी परिमाण पाइएपछि कारबाही प्रक्रिया अघि बढाएको थियो ।
उक्त घटनामा नेपाल आयल निगमबाट जारी भएको प्रोडक्ट डेलिभरी अर्डर (पिडिओ) मा २० हजार लिटर पेट्रोल ढुवानी गर्ने स्वीकृति रहेकोमा उक्त ट्याङ्करले स्वीकृति पाएको भन्दा ३ हजार ३ सय ८४ लिटर बढी आयात गरेको नापजाँचको क्रममा प्रमाणित भएको थियो ।
ईलाका प्रहरी कार्यालय बेलहियाले सल्यानको शारदा नगरपालिका–१४ का ट्याङ्कर चालक ३० वर्षीय अजय केसी, एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक बुटवल–४ का ६९ वर्षीय चोपनारायण श्रेष्ठ र नेपाल आयल निगम प्रादेशिक कार्यालय भलबारीलाई प्रतिवादी बनाई गत वैशाख ८ गते भन्सार कार्यालयमा मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको फैसला गर्दै भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयलाई दोषी ठहर गर्दै १६ लाख २४ हजार ३ सय २० रुपैयाँ र ट्याङ्कर चालक अजय केसीलाई ४ लाख ५६ हजार ८० रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
भैरहवा भन्सार कार्यालयका नायब सुब्बा पहलबहादुर केसीले अब ट्याङ्कर मालिक श्रेष्ठले भन्सार कार्यालय र नेपाल आयल निगममा जम्मा गरेको नगद धरौटी रकम र उनको स्वामित्वको ट्याङ्कर कानुनको म्याद भित्र फिर्ता दिन निर्देशन गरेको बताए ।
पिडिओमा स्वीकृत भन्दा बढी परिणाम भेटिएपछि आयल निगमलाई भन्सार कार्यालयले बढी परिमाणको कूल मूल्यको ५ सय प्रतिशत थप गरी जरिवाना गर्ने कानुनी व्यवस्थाअनुसार निगम र चालकलाई जरिवाना तिराउने निर्णय गरेको भन्सार कार्यालयले जनाएको छ ।
उक्त घटनामा ३ हजार ३ सय ८४ लिटर पेट्रोलको भन्सार छली हुँदा एक लाख ३८ हजार ७ सय ४४ रुपैयाँ राजस्व गुमेको मूल्याङ्कन गरिएको छ ।
नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर जगदीश यादवले चालकले ५ दिनसम्म आफूखुसी ट्याङ्कर राख्न पाउँदा चोरी तस्करी बढेको जिकिर गर्दै आफूहरूलाई तिराएको जरिवाना विषय अर्को दफामा अनुसार अगाडि बढ्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब एनआरएनएलाई रिब्रान्डिङ गर्नुपर्छः शेष घले
-
श्रेयस र शशांकको शानदार ब्याटिङ, गुजरातसामु २ सय ४४ रनको लक्ष्य
-
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छः वनमन्त्री शाही
-
कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गरौँ - सहरी विकासमन्त्री
-
विकासे मन्त्रालयकै बजेट सिलिङ घट्यो, कुन मन्त्रालयको कति ?
-
‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै सकियो तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’