छानविन समितिबारेको विवादमा भोटिङ गर्न योगेश भट्टराईको प्रस्ताव
मङ्गलबार, २३ साउन २०८०, १७ : २०

काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेश कुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानविन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव गरेका छन् ।
मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद भट्टराईले सुन तस्करी प्रकरणमा छानविन गर्न छानविन समिति बनाउनुपर्ने एमालेको माग कायमै रहेको बताए । उनले छानविन समिति बनाउने र नबनाउने पक्षमा कुराहरु आइरहेको भन्दै संसदमा यसको पक्ष र विपक्षमा भोटिङ गर्न प्रस्ताव गरे ।
समिति नबनाउने पक्षमा बहुमत आएमा एमालेले आन्दोलन स्थगन गर्ने उनले बताए । भट्टराईले गृहमन्त्रीदेखि सम्बन्धित सबै निकायलाई पनि प्रश्न सोध्नुपर्ने र अनुसन्धान गर्नुपर्ने आवश्यकता भएकाले राजनीतिक तहबाट छानविन समिति बनाउनु आवश्यक भएको बताए ।
छानविन समिति नबनाएसम्म एमालेको आन्दोलन जारी रहने उनले स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टहरा भत्काएर सडक विस्तार
-
‘केको रिटायर्ड ? अन्तिम घडीसम्म कलाकारिता गर्ने हो’
-
पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो, दाहसंस्कार गरिँदै
-
शशांकको घरमा चियापान, कांग्रेस नेताहरूको जमघट
-
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
-
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग