पाँचौ तहका कर्मचारीले गरे साढे एक करोडभन्दा बढी भ्रष्टाचार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तुस्थित कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारी साकिर अहमदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध बिगो अनुसार एक करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैयाँ ५८ पैसा कायम विशेषमा मुद्दा दायर गरेको हो । अहमदले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी अयोगमा परेपछि अनुसन्धान गर्दा उनले सरकारी सेवा प्रवेश गरेको ३० वर्षमा आम्दानीभन्दा धेरै सम्पत्ति जोडेको देखिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।
उनका अनुसार अहमदको समग्र आय तथा व्ययको विश्लेषण गर्दा उनेको वैध आयतर्फ पारिश्रमिक आय, घरजग्गा बिक्री आय, विभिन्न भत्ता, कर्जाको आय, कृषि आय, विदेशबाट प्राप्त रेमिट्यान्स, सवारी साधन बिक्री, निर्माण सेवा आम्दानी र बैंक व्याजबाट प्राप्त आयसमेत गरी एक करोड १६ लाख ५३ हजार नौ सय ५७ रूपैयाँ ११ पैसा वैध देखिन्छ । तर, उनले वैध आयको अनुपातमा गरेका खर्च तथा लगानीतर्फ बैंकको ऋण चुक्ता, अध्ययन खर्च, कम्पनी लगानी, जग्गा खरिद र रजिष्ट्रेशन दस्तुर, ऋण दिएको, पुँजीगत लाभकर, शेयर खरिद, सवारी साधन खरिद, विद्युतीय उपकरण खरिद र बैंक मौज्दातसमेत दुई करोड ७२ लाख ३३ हजार ६ सय ५२ रुपैयाँ ६९ पैसा देखिन्छ ।
अहमदले गरेको आय र व्ययको खर्च अनुपात हेर्दा एक करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैयाँ ५८ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको आयोगका प्रवक्ता दाहालले दिए । उनले भने,‘ अहमदको वैधानिक आयको तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति विवरण अमिल्दो र अस्वभाविक देखिन आएबाट वैधानिक रुपले आर्जित सम्पत्तिको अनुपातमा मनासिब नदेखिने किसिमको देखिएकाले भ्रष्टाचारमा मुद्दा दर्ता गरिएको हो ।’
आयोगको अनुसन्धान अनुसार अहमदको र उनको परिवारले अमिल्दो र अस्वभाविक जीवन यापन गरेको देखिन्छ । आयोगले अहमदविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) अनुसार बिगो जरिवाना र कैद सजायको मागदावीसहित विशेषमा मुद्दा दायर गरेको हो । आयोगले अहमदकी पत्नी नुर जहाँ र छोरा साजन शाहलाई समेत प्रतिवादी बनाइएको छ । अहमदले श्रीमती नुर जहाँ र छोरा साजन शाहसमेतको नाममा जग्गा खरिद, शेयर खरिद, विभिन्न कम्पनीहरुमा लगानी तथा बैंक खातामा रकम मौज्दात गरेको आयोगले जनाएको छ । उनीहरुको नाममा रहेको सम्पत्तिलाई बिगो जफत हुने मागदावी आयोगले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर
-
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा
-
खुट्टाले बताउँछ तपाईँको स्वास्थ्यको अवस्था !
-
चिमामान्डा अदिचीको नयाँ पुस्तक ‘ड्रिम काउन्ट’ र अफ्रिकी चेतना
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा