प्रतिनिधिसभामा एमालेको प्रश्न : गम्भीर शंका छ, गृहमन्त्रीसँग बयान कसले लिन्छ ?
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेता मुछिँदा उनीमाथि किन अनुसन्धान नगरेको भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै भट्टराईले तीन महिनाअघि भेपमा नौ किलो सुन तस्करीमा सत्तापक्षको नेता संलग्न रहेको अभियोग गृहमन्त्रीको टेबलमा हुँदा समेत छानबिन अगाडि नबढाएको बताए ।
एक क्वीन्टल बढी सुन तस्करी भएको २२ दिन भइसकेको बताउँदै त्यसमा गृहमन्त्रीकै संलग्नताको शंका रहेको दाबी गर्दै उनले भने–‘गृहमन्त्रीजी तपाई राजनीतिक कमिसार, तपाईँको फिल्ड कमिसार को छ ? तपाईँको आदेश फिल्ड कमिसारले मानेको छैन कि ? कि फिल्ड कमिसारको सूचना तपाईँले भेरीफाई गर्नुभएको छैन ? हामीलाई गम्भीर शंका छ । त्यसकारण गृहमन्त्रीसँग बयान कसले लिन्छ ? के सीआईबीले लिन्छ ? के राजस्व अनुसन्धानले लिन्छ ?’
अर्थमन्त्रीमाथि पनि शंका रहेको उल्लेख गर्दै भट्टराईले भने–‘अर्थमन्त्रीमाथि हाम्रो प्रश्न छ, प्रधानमन्त्री कार्यालयमाथि हाम्रो प्रश्न छ, राष्ट्रिय अनुसन्धान आयोगमाथि शंका छ । यत्रा निकाय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदा यी कहाँ सुतेका थिए ? यिनीहरुमाथि प्रश्न कसले उठाउँछ ? सीआईबीले उठाउँछ ? उठायो ? भन्सार विभागले उठायो ? यी तमाम कुराको छानबिन नगरी तथ्य पत्ता लाग्दैन ।’
उनले प्रतिपक्षी बेन्चको एकमत धारणा अनुसार उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ भन्ने रहेको उल्लेख गर्दै छानबिन समितिको पक्ष र विपक्षमा सभामुखलाई भोटिङ गराउन आग्रह गरे ।
सांसद भट्टराईले उच्चस्तरीय छानबिन समिति बनाउन विपक्षीहरुको तर्फबाट सर्वदलीय सहमति रहेको बताए । संसद्को सार्वजनिक लेखा समितिको बैठकले छानबिन समिति बनाउन सरकारलाई ध्यानाकर्षण गर्ने निर्णय भएको बताए । सबै दलको प्रतिनिधित्व रहेको लेखा समितिमा छानबिन समिति बनाउन सबै दलको सहमति रहेको बताउँदै प्रतिनिधि सभाको बैठकमा पनि सहमति हुने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !
-
त्रिपाठीले मोर्चा बनाउन पहल थालेपछि राउत र चौधरीबिच एकताको गृहकार्य
-
कास्की अदालतमा बहस : ‘थाहा छैन’ संगठित अपराधको ‘कोड ल्याङ्वेज’ त होइन ?
-
१० बजे १० समाचार : सीके र रेशम मिल्दै, वामदेवलाई मागेको पद दिन अनकनाए माधव
-
सुदूरपश्चिममा पाँच हजार किलोमिटर सडक निर्माण गर्न गुरुयोजना तयार