स्काईवर्थ बीएम सिरिजका होम अप्लायन्सेस अब नेपालमा

काठमाडौँ । केएल दुगड समूह अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले वितरण गर्दै आएको होम एप्लायन्सेज ब्रान्ड स्काईवर्थले बिएमडब्लुसँग सहकार्य गरेको छ । जसअनुसार आफ्ना होम एप्लायन्सको सिरिज अन्तर्गत बीएम सिरिज नेपाली बजारमा उपलब्ध हुनेछन् ।
कार निर्माता बीएमडब्लुको डिजाइन सेन्टर र स्काईवर्थको सहकार्यमा डिजाइन गरिएका यी होम अप्लायन्सहरु विश्व बजारमा लोकप्रिय भैसकेका छन् भने नेपाली बजारमा पनि लोकप्रिय हुने विश्वास कम्पनीले लिएको छ ।
यो सहकार्यपछि अब स्काईवर्थका अत्याधुनिक प्रविधियुक्त घरायसी उपकरणहरुमा बिएमडब्लुको आकर्षक डिजाइन हुने बताइएको छ ।
“बिएम्डब्लुको यस सहकार्यलाई लिएर हामी अत्यन्तै उत्साहित छौं । बिएम्डब्लुको डिजाइन एलेमेन्टहरु स्काईवर्थको घरायसी उपकरणमा प्रयोग हुनु भनेको समस्त होम अप्लायन्स उद्योगमै एउटा नयाँ कोसेढुंगा हो । हामीलाई आशा छ हाम्रा नेपाली ग्राहकहरुले यो सहकार्य मन पराउनुहुनेछ । अब घरायसी उपकरणहरु केवल काम सजिलो बनाउन मात्र नभई घरको आन्तरिक साज-सज्जाको पनि महत्वपूर्ण हिस्सा बन्न सक्छन् । वास्तवमा भन्नुपर्दा यो सहकार्य कला र प्रविधिको अनुपम संयोजन हो ,”-कम्पनीको भनाइ छ ।
नयाँ बिएम सिरिजमार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई घरायसी उपकरणको सन्दर्भमा खास अनुभव प्रदान गराउने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्खुवासभामा महिलाको शव फेला
-
काठमाडौँका सार्वजनिक स्थानमा फोहर फाले १५ हजारसम्म जरिवाना
-
लागुऔषध नियन्त्रण र रोकथाम कुनै एकमात्र निकायबाट सम्भव छैन : महानिरीक्षक कुँवर
-
लागुऔषध नियन्त्रणका लागि भएका प्रयासहरूको पुनर्विचार गर्न आवश्यक : उपप्रमुख डंगोल
-
ऊ आएको छ
-
युवा जनशक्तिको पलायन मुलुकका लागि ठुलो चिन्ताको विषय : राष्ट्रपति पौडेल