एमबाप्पेसँगै नेयमार पनि छाड्न चाहन्छन् पीएसजी

काठमाडौँ । फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेको विवाद सेलाउन नपाउँदै अर्का स्टार खेलाडीले पनि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाड्न चाहेको समाचार प्रकाशमा आएको छ । ब्राजिलियन स्टार नेयमारले पनि पीएसजी छोड्न चाहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
३१ वर्षीय ब्राजिलियन स्ट्राइकर नेयमारले यस विषयमा पीएसजीका पदाधिकारीहरूसँग पनि कुरा गरिसकेको एक फ्रान्सेली समाचारपत्रले जनाएको छ । नेयमार सन् २०१७ मा फ्रान्सेली क्लबमा आबद्ध भएका थिए ।
नेयमार पीएसजी छोड्न चाहने दोस्रो प्रभावशाली खेलाडी हुन् । यसअघि २४ वर्षीय फ्रान्सेली स्ट्राइकर एमबाप्पेले पनि पीएसजी छोड्ने घोषणा गरिसकेका छन् । थप एक सिजनका लागि सम्झौता नवीकरण गर्न पीएसजीले प्रस्ताव राखे पनि एमबाप्पेले अस्वीकार गरेका छन् ।
एमबाप्पे पीएसजी छाडेर स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडमा आबद्ध हुन चाहन्छन् । तर, पीएसजीले भने सम्झौता नवीकरण गर्न नमाने एमबाप्पेलाई बढी रकम दिने जुनसुकै क्लबमा बिक्री गर्ने चेतावनी दिएको छ ।
यसअघि स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसी पीएसजी छाडेर अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका थिए । मेसीले इन्टर मियामीका लागि चार खेल खेलेर सात गोल पनि गरिसकेका छन् । सन् २०१७ यता पीएसजीले पाँचपटक घरेलु लिगको उपाधि चुमिसकेको छ ।
नेयमारले पीएसजीका लागि हालसम्म पीएसजीका लागि ८२ गोल गरिसकेका छन् । उनले ४८ वटा गोलका लागि पास पनि उपलब्ध गराएका छन् । नेयमारले हालसम्म विभिन्न क्लबबाट ब्यवसायीक फुटबल खेल्दै दुई सय ३५ खेलमा एक सय ५० गोल गरेका छन् । उनले ८३ गोलका लागि पास उपलब्ध गराएका छन् ।
पीएसजी छोडेर नेयमार अर्को स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा आबद्ध हुन चाहेको समाचारमा जनाइएको छ । नेयमारले यसअघि पनि सन् २०१३ देखि सन् २०१७ सम्म चार वर्ष बार्सिलोनाबाट खेलेका थिए ।
त्यतिबेला उनले बार्सिलोनलाई दुईवटा घरेलु लिगको उपाधि चुमाउन महत्त्वपूर्ण योगदान गरेका थिए । चार वर्षको अवधिमा नेयमारले बार्सिलोनाबाट एक सय २३ खेल खेल्दै ६८ गोल गरेका थिए । ३५ गोलका लागि उनले पास पनि उपलब्ध गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा