संसदकाे अवरोध हट्यो, गृहमन्त्रीले जवाफ दिने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सहज रूपमा अघि बढाउन सहमति भएको छ । बैठक बस्नुपूर्व सभामुख देवराज घिमिरेको पहलमा दलका प्रमुख सचेतकहरूबीचको बैठकमा सभा सुचारु गर्ने विषयमा सहमति जुटेको हो ।
बैठकको सुरुमा दलीय आधारमा एक–एक जनाले आकस्मिक समय प्रयोग गर्ने सहमति भएको छ । त्यसपछि गृहमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने सहमति बनेको सभामुखको सचिवालयले जनाएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा सभामुखसँगको छलफलका क्रममा सत्तापक्ष प्रमुख सचेतकहरुले संसद् बैठकमा प्रतिपक्षले गृहमन्त्रीको जवाफ सुन्नुपर्ने बताएका थिए ।
बैठकपछि रातोपाटीसँग कुरा गर्दै जसपाका प्रमुख सचेतक प्रदीप यादवले भने,‘बैठकमा सत्तापक्षबाट गृहमन्त्रीको जवाफ सुन्न प्रमुख प्रतिपक्षलाई आग्रह गर्ने काम भयो । एमालेले गृहमन्त्रीको जवाफ सुन्ने, चित्त नबुझेमा आफ्नो प्रक्रिया सुरु गर्ने बताएको छ । संसद् कसरी चलाउने हो स्वविवेक प्रयोग गर्न हामीले सभामुखलाई भनेका छौँ । सुरुमा दलीय आधारमा कुरा राख्ने र पछि गृहमन्त्रीले जवाफ दिने कुरा भएको छ ।’
संसद्को गतिरोध अन्त्य गर्नका लागि बिहान बालुवाटारमा सभामुखसहित प्रमुख नेताहरुको बैठक बिना सहमति टुङिगएको थियो । दिउँसो ३ बजेका लागि बोलाइएको आजको प्रतिनिधिसभा बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले
-
स्रोत नखुलेको करिब ४३ लाख सहित युवक पक्राउ
-
बेंगलुरुसामु १६२ रनमै रोकियो दिल्ली, कसैले पनि बनाउन सकेनन् अर्धशतक