रात्रि बसको ठक्कबाट कपिलवस्तुमा १० वटा गाई–गोरुको मृत्यु
मङ्गलबार, २३ साउन २०८०, १३ : ४७

काठमाडौँ । रात्रि बसले ठक्कर दिँदा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ मा १० वटा गाई–गोरु मरेका छन् । दाङबाट काठमाडौँ जाँदै गरेको बसले ठक्कर दिँदा राजमार्ग स्थित पानीधारा जङ्गलमा ५ वाट गाई र ५ गोरु मरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी मीन बहादुर घलेले रातोपाटीलाई बताए ।
दुर्घटनामा संलग्न बा.०१– ००६ ख ५१७१ नम्बरको बस र चालक भूपेन्द्र बहादुर बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रात्रि बस छाडा चौपायालाई ठक्कर दिएर काठमाडौँ तर्फ लागेको थियो । गएराति करिब १२ बजेतिर बसले गाई–गोरुलाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले ‘पशुपन्क्षी सम्बन्धी कसुर’मा अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार श्रृङ्खलामा काम गर्ने प्रतिबद्धतासहित श्रममन्त्रीले दिए नयाँ वर्षको शुभकामना
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे