बागमतीमा पानीको सतहले खतरा तह पार गयो, सतर्क रहन आग्रह

जनकपुरधाम । सर्लाही र रौतहटको सीमा भएर बग्ने बाग्मती र लालबकैया नदीको बाढीले खतराको तह पार गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएको छ । उनले बागमती र लालबकैया त्यस आसपास बस्ने स्थानीवासीहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेको छ ।
उनका अनुसार जिल्लामा अहिलेसम्म बाँध भत्केको अथवा डुबानमा परेको अवस्था छैन । तर पनि वृन्दावन नगरपालिका वडा नं।१ मा बागमती खोलाको स्थान ठुलो रहेकोले त्यस आसपासका स्थानीयहरू प्रभावित भएको जानकारी आएको उनले जनाएको छ ।
उनले त्यस आसपास तट्बन्ध खोला पट्टी घर बनाएर १५-२० जना बसिरहेको छ । उनीहरू डुबानमा पर्ने बुझिएकोले त्यहाँ उद्धार टोली पठाइएको प्रजिअ मिश्रले जनाएको छ । ‘अहिले म फिल्डमै छु,’ उनले भने, प्रभावित क्षेत्रहरूमा निरीक्षण गर्दैछु ।’
यता बाढी पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको सूचना अनुसार बाग्मतीको पधेंरादोभान (कर्मैया) जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको देखाएको हो । बाढीको सतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
बागमतीमा नदीमा पानीको सतह बढेपछि ब्यारेजको ३५ वटै ढोका खोलिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवका अनुसार बागमती नदीमा खतराको तह ६.८ मिटर पार गरेर ७.८१ मिटर पुगेको र अझै बाढी बढिरहेको देखाएको छ । तर, अहिलेसम्म जिल्लामा बाढीले खासै क्षति भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन
-
नारायणी किनारमा चैत्र ३१ गते साङ्गीतिक कन्सर्ट हुने
-
१० बजे १० समाचार : फरार दुर्गाको सन्देशदेखि नेपालको रेकर्डसम्म