नेपालले म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्ने पक्का
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीलेनेपाली पुरुष राष्ट्रिय फुटबल टोली म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । उक्त खेल म्यानमारमा खेलिने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो ।
नेपाल र म्यानमारबीचको पहिलो मैत्रीपूर्ण खेल आगामी सेप्टेम्बर ८ तारिखमा याङ्गुनमा खेलिने छ । दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ११ तारिखमा फल्समा खेलिने छ । नेपालले निकट भविष्यमा सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलको प्रारम्भिक चरणको छनोट प्रतियोगिता खेल्दैछ ।
सोही विश्वकप छनोट प्रतियोगितालाई ध्यानमा राखी म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागिएको एन्फाले जनाएको छ । विश्वकप छनोटको पहिलो चरणमा नेपालले आगामी अक्टोबर १२ र १७ तारिखमा लाओससँग भिडन्त गर्नेछ ।
लाओसविरुद्घको पहिलो खेल नेपालमा र दोस्रो खेल लाओसको घरेलु मैदानमा खेलिने छ । उक्त खेलमा विजयी भए नेपालले विश्वकप छनोटको दोस्रो चरण खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा कायमै
-
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्नुपर्छ : मन्त्री राणा
-
नेपाल प्रिमियर लिगका खेलहरू युट्युबमा एक्सन स्पोर्ट्समार्फत हेर्न सकिने
-
गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न
-
रवि लामिछानेलाई काठमाडौँ ल्याउन अलमल
-
शाओमी नेपालको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक