सदन खोल्न प्रधानमन्त्री सक्रिय, बालुवाटारमा तीन दलको बैठक सुरू

काठमाडौँ। अपरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।
तस्करीको सुन प्रकरणलाई लिएर एमालेले उच्चस्तरीय छानविन समितिको माग गर्दै संसदमा गतिरोध कायम गरेपछि हिजोदेखि सदन सुचारु गर्नका लागि छलफल थालिएको थियो ।
सोमबार २ चरणमा भएको छलफलबाट सहमति ननिस्किएपछि फेरि बैठक बोलाइएको हो । सुन तस्करीको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानविन समिति बनाउने विषयमा लिएको अडान र सत्तापक्षले पनि सो छानविन समिति आवश्यक नभएको भन्दै लिएको अडानका कारण सोमबारका लागि तय भएको प्रतिनिधि सभाको बैठक बस्न सकेको थिएन । आज अपराह्न ३ बजेका लागि बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा गाउँपालिकाका सबै किसान व्यावसायिक मकैखेतीमा
-
पर्यटक खस्किएको बारे समितिको पर्यटन मन्त्रीसँग अनौपचारिक छलफल
-
काठमाडौँमा वर्षाले राहत, तस्बिरहरू
-
खाजा खाने क्रममा चट्याङ लागेर दूधकुमारको घटनास्थलमै मृत्यु
-
अलपत्र काठमाडौँ भ्युटावर, तस्बिरहरू
-
च्याम्पियन्स लिग फुटबल : रियलविरुद्ध गोल गरेपछि रोनाल्डो र नेमारको हाराहारीमा आर्सनलका राइसले