केन्द्रीय बैंकले सम्झायो लघुवित्तको दायित्व, लाभांशको ३५ प्रतिशत रकम कोषलाई छुट्याउनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतासँगै ऋणीको सुरक्षणमा जोड दिएको छ । लघुवित्त वित्तीय संस्थाहरुबाट सेवाग्राही, ऋणीहरु ठगिने घटना बढेसँगै केन्द्रीय बैंकले लघुवित्तको दायित्व सम्झाएको हो ।
लघुवित्त वित्तीय संस्थाको नाफाको केही हिस्सा ग्राहकको हितमा खर्च होस् भन्ने उद्देश्यले नाफाको एक प्रतिशत रकम र १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम अलग्गै ग्राहक संरक्षण कोष (क्लाइन्ट प्रोटेक्सन फन्ड) मा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
उक्त फन्डको पैसा लघुवित्त वित्तीय संस्थाले समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवम् पुनस्र्थापना गर्न, ग्राहकको शिक्षा र क्षमता विकास गर्न, ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषण जस्ता सामूहिक हित हुने कार्यमा मात्र खर्च गर्नुपर्छ ।
यस्तै थोक कर्जा उपलब्ध गराउने लघुवित्त वित्तीय संस्थाले यस्तो कोषको रकम ग्राहक संस्थाका सदस्यको वित्तीय साक्षरता अभिवृद्धिसम्बन्धी कार्यक्रममा समेत खर्च गर्न सक्दछन् । यसरी खर्च भएको रकमसम्बन्धी विवरण संस्थाको वार्षिक प्रतिवेदनमा स्पष्ट रुपमा खुलाउनुपर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात