युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा महिला पक्राउ

युक्रेनी राष्ट्रपति जेलेन्स्कीको हत्याको योजना बनाएको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ । युक्रेनका सुरक्षा सेवाले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्यन्त्रमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ गरिएको जनाएको छ ।
सुरक्षा सेवाका अनुसार ती महिलाले जुनमा बाढी प्रभावित माइकोलाइभको यात्रा अघि जेलेन्स्कीको तालिकाको बारेमा पत्ता लगाउन प्रयास गरेकी थिइन् ।
युक्रेनले प्रायः रुसलाई समर्थन गर्ने स्थानीयमाथि मस्कोको सेनाको मद्दतका लागि जानकारी दिएको आरोप लगाउँछ । राष्ट्रपति जेलेन्स्कीले यो गिरफ्तारीको पुष्टि गरेका छन् । उनका अनुसार सेक्युरिटी सर्भिसेजले उनलाई ‘देशद्रोही विरुद्धको युद्ध’ बारे जानकारी दिएका थिए ।
यद्यपि, रुसले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनको सेक्युरिटी सर्भिस एसबीयूले एक विज्ञप्तिमा ती महिलालाई रुसीहरूलाई खुफिया जानकारी दिने क्रममा रंगेहात पक्राउ गरिएको बताएको छ ।
एसबीयूले लगाएको आरोप अनुसार महिलाले माइकोलायेभमा जेलेन्स्कीले भ्रमण गर्नु अघि धेरै खुफिया जानकारी प्राप्त गर्ने प्रयास गरेकी थिइन् ।
एसबीयूका अनुसार सन्दिग्ध महिला ओचाकिवको सानो सहरमा बस्छिन्, जहाँ जेलेन्स्की जुलाईमा गएका थिए । त्यहाँ यी महिला सैन्य आधारमा बनेको पसलमा काम गर्छिन् ।
एजेन्सीले जेलेन्स्कीको भ्रमणपछि महिलालाई पक्राउ गरेको बताइएको छ । ती महिलामाथि हतियार र सैनिकको गतिविधिबारे जानकारी चुहावट गरेको आरोप छ । दोषी प्रमाणित भएमा उनलाई १२ वर्षसम्मको जेल सजाय हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
ओम शर्माले प्रवासी नेपालीलाई भने, ‘कसैको कुल्ली नबन्नुस्, जनताको अवस्था फेर्ने अभियानमा लाग्नुस्’
-
विद्यालय शिक्षा विधेयक : स्वार्थ समूहको दबाबमा अलपत्र
-
पेप्सीकोलामा ६० लाख लुटपाटमा संलग्नहरूविरुद्ध डाँकाचोरी मुद्दा
-
बेंगलुरुसँग हार्यो राजस्थान, कोहलीले बनाए टी-२० मा १०० औँ अर्धशतक
-
२०८१ लाई फर्केर हेर्दा : बागमतीको सरकार र संसद दुवै प्रभावकारी देखिएन