केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया
![केएमसीमा हेमोफिलिया भएकी बालिकाको जटिल शल्यक्रिया](https://rpcdn.ratopati.com/media/albums/KMC_Sinamangal_xLR0lJTkDZ.jpg)
काठमाडौँ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा हेमोफिलिया रोगबाट पीडित एक बालिकाको जटिल शल्यक्रिया गरिएको छ । काठमाडौंको शान्तिनगरकी ९ वर्षीया निधी भट्टराईको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक गरिएको हो ।
हेमोफिलिया भनेको रगत जम्ने प्रक्रियामा त्रुटि भएको वंशाणुगत समस्या हो । यस्तो समस्या भएका व्यक्तिमा कुनै चोटपटक लाग्दा रगत रोकिन धेरै समय लाग्ने र अत्याधिक रगत बग्ने गर्छ ।
जसका कारण अप्रेसन गर्न जोखिम हुने भएकाले अन्य अस्पतालले उनको शल्यक्रिया गर्न मानेका थिएनन् । तर, केएमसीका बाल सर्जन डा.आशिषलाल श्रेष्ठ नेतृत्वको चिकित्सकहरूको टोलीले ल्याप्रोस्कोपी प्रविधिबाट उनको सफलतापूर्वक शल्यक्रिया गरेको हो ।
‘फेमोफिलियाका कारण अप्रेसन गर्दा रगत नरोकिने भएकाले यो केस निकै च्यालेन्जिङ थियो,’ डा.श्रेष्ठले भने, ‘तर, हामीले जोखिम मोलेर भएपनि सफलतापूर्वक अप्रेसन गरेका छौं, अहिले उनको अवस्था सामान्य भइसकेको छ ।’
जोखिमपूर्ण अप्रेसन सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् । अन्य अस्पतालले अप्रेसन गर्न नमानिरहेका बेला केएमसीले सफलतापूर्वक अप्रेसन गरेर छोरीको ज्यान बचाएको भन्दै बिरामी बालिकाकी आमा मच्चिता अर्याल भट्टराईले खुशी व्यक्त गरिन् ।
दक्ष चिकित्सक र अत्याधुनिक उपकरण भएकाले केएमसीमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो
-
वैकल्पिक राजनीतिका जन्मदाता उज्ज्वल थापाको सम्झना
-
‘झिल्के एन्ड द कम्पनी’ को गीत ‘राम्री बाहुन केटी’ सार्वजनिक
-
कोरियाबाट फर्किएर व्यवसाय गर्ने पाँच व्यवसायी पुरस्कृत